देउवाले खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी
देउवाले खड्कालाई दिए कार्यवाहक सभापतिको जिम्मेवारी
    • बेल संचार

    • २८ आश्विन २०८२, मंगलवार

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन्। जेनजी आन्दोलनपछि पहिलोपटक सानेपास्थित पार्टी मुख्यालयमा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै देउवाले खड्कालाई कार्यवाहकको जिम्मा दिने घोषणा गरेका हुन्।

उनले भने, “मैले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक तोकेको छु, जिम्मेवारीअनुसार काम गर्नुहोला।”

खड्कालाई कार्यवाहक सभापति तोक्ने प्रस्ताव कांग्रेसभित्रकै संस्थापन पक्षबाट आएको बताइएको छ। पार्टीभित्र १५औं महाधिवेशन छिटो गराउन दबाब बढिरहेका बेला देउवाले खड्कालाई जिम्मेवारी तोक्दै संगठनात्मक काम अघि बढाउने संकेत दिएका हुन्।

पार्टीभित्र जारी नेतृत्व तयारी र महाधिवेशनको समय निर्धारणका विषयमा यस कदमलाई महत्वपूर्ण रूपमा हेरिएको छ।

साताकाे चर्चित
सम्बन्धित