फोहोर संकट समाधानका लागि मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
फोहोर संकट समाधानका लागि मन्त्री कुलमान घिसिङ बञ्चरेडाँडा पुगे
    • बेल संचार

    • १६ कार्तिक २०८२, आईतवार

काठमाडौं ।

काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनमा उत्पन्न समस्या समाधान गर्न शहरी विकास, भौतिक पूर्वाधार र ऊर्जा मन्त्री कुलमान घिसिङ आज बिहान बञ्चरेडाँडा पुगेका छन्।

बञ्चरेडाँडाका स्थानीयले विगतमा सरकारसँग भएका १८ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै गत बुधबारदेखि फोहोर फाल्न नदिई अवरोध गरेपछि मन्त्री घिसिङ स्थलमै पुगेर अवस्थाको अध्ययन र वार्ता थाल्न पुगेका हुन्।

फोहोर व्यवस्थापन अवरुद्ध भएपछि काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घर बाहिर फोहोर ननिकाल्न आग्रह गर्दै सूचना जारी गरेको थियो। शुक्रबार मन्त्रालयमा प्रभावित पालिकाका जनप्रतिनिधि र सरोकारवालाको सहभागितामा भएको छलफल निष्कर्षविहीन भएपछि मन्त्री घिसिङ स्वयं स्थलमा पुगेका हुन्।

मन्त्रीको सचिवालयका अनुसार उनले बञ्चरेडाँडाका स्थानीय प्रतिनिधिहरूसँग भेटवार्ता गरेर तत्काल समाधानका उपायबारे छलफल गरेका छन्। फोहोर व्यवस्थापन दीर्घकालीन रूपमा टेवा पुर्‍याउने योजना पनि छलफलको विषय बनेको बताइएको छ।

साताकाे चर्चित
सम्बन्धित