कर्णाली याक्सले हिम क्षेत्रमै जर्सी सार्वजनिक गर्यो
कर्णाली याक्सले हिम क्षेत्रमै जर्सी सार्वजनिक गर्यो
    • बेल संचार

    • २० कार्तिक २०८२, बिहीबार

काठमाडौँ ।

नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले आफ्नो नयाँ जर्सी हिम क्षेत्रमा सार्वजनिक गरेको छ।

जर्सी सार्वजनिक कार्यक्रम जाजरकोट र जुम्लाको सीमा क्षेत्रको कुशेपाटनमा अवस्थित प्रसिद्ध धार्मिक तीर्थस्थल नदाइ डाबमा आयोजना गरिएको थियो। ]

यस कार्यक्रमले नदाइ डाबको प्रचारसहित स्थानीय समुदायमा कर्णाली याक्सप्रति अपनत्व बढाउने विश्वास गरिएको छ।

नदाइ डाबको उचाइ ४ हजार मिटरभन्दा माथि रहेको छ र हाल त्यहाँ अत्यधिक हिमपात भइरहेको छ। हिउँ जमेकै क्षेत्रको बीचमा जर्सी सार्वजनिक गर्नुले यस कार्यक्रमलाई विशेष बनाएको छ।

टोलीको कप्तान सोमपाल कामी हुन्। कर्णाली याक्समा विदेशी खेलाडीहरूमा अष्ट्रेलियाका अलराउण्डर विलियम बसिस्टो, नेदरल्यान्ड्सका ओपनर म्याक्स ओ’डाउड र स्कटल्याण्डका अलराउण्डर मार्क वाट अनुबन्धित छन्।

नेपाली खेलाडीमा गुल्शन झा, नन्दन यादव, अर्जुन घर्ती, दीपेन्द्र रावत, विपिनप्रसाद शर्मा, युनिशविक्रमसिंह ठकुरी, पवन सर्राफ, इमरान शेख, दीपक डुम्रे र युवराज खत्री रहेका छन्।

साताकाे चर्चित
सम्बन्धित