कोरला भन्सार कार्यालयबाट पहिलो त्रैमासिक ३ अर्बभन्दा बढी राजस्व सङ्कलन
कोरला भन्सार कार्यालयबाट पहिलो त्रैमासिक ३ अर्बभन्दा बढी राजस्व सङ्कलन
    • बेल संचार

    • २१ कार्तिक २०८२, शुक्रबार

मुस्ताङ ।

कोरलास्थित भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा कुल रु ३ अर्ब २ करोड ७३ लाख ३८ हजार राजस्व सङ्कलन गरेको छ।

भन्सार प्रमुख रमेश खड्काका अनुसार, सो अवधिमा १ हजार ४९८ विद्युतीय सवारीसाधन र ६७१ मालबाहक कन्टेनरबाट विभिन्न सामान आयात भएका छन्। साथै, कोरला नाकाबाट २८ मालबाहक सवारीसाधनले चीनको स्वशासित क्षेत्र सिजाङमा स्वदेशी उत्पादनहरू पुर्याएका छन्।

विशेष गरी तातोपानी र रसुवागढी नाका बाढीपहिरोका कारण अवरुद्ध भएपनि कोरलानाकाबाट चीनसँगको आयात–निर्यात प्रक्रिया निरन्तर जारी रहेको भन्सार कार्यालयले जनाएको छ।

साताकाे चर्चित
सम्बन्धित