चितवन।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को विस्तारित बैठक चितवनको सौराहामा सुरु भएको छ।
पार्टीको आगामी रणनीति तय गर्ने उद्देश्यले आयोजित बैठकमा करिब ५ सयभन्दा बढी प्रतिनिधि सहभागी छन्। बैठकको कार्यसूची अनुसार पार्टीका कार्यवाहक सभापति डीपी अर्यालले राजनीतिक विषयमा मार्गदर्शन दिनेछन् भने उपसभापति डा. स्वर्णिम वाग्लेले आगामी निर्वाचनका लागि वाचापत्रको मस्यौदा प्रस्तुत गर्ने तयारी गरेका छन्।
त्यसैगरी, बैठकमा प्रदेश सभापतिहरूले आफ्ना प्रदेश भित्रका जिल्लामा पार्टी संगठनको अवस्था र गतिविधि सम्बन्धमा प्रतिनिधिहरूलाई ब्रिफिङ दिने कार्यक्रम रहेको छ।