सुनसरी।
जिल्लाको बर्जु गाउँपालिका–५ स्थित भित्री सडक मार्गबाट प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ।
शुक्रबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय दुहबी र सितागंजबाट संयुक्त रूपमा खटिएको टोलीले बागमती प्रदेश–०१–०२७ च ०२४० नम्बरको स्कार्पियो गाडी रोकेर जाँच गर्ने क्रममा २ सय ५७ किलो ४५ ग्राम गाँजा फेला पारेको प्रहरीले जनाएको छ।
गाडीमा रहेका व्यक्तिहरू प्रहरीले देख्नासाथ फरार भएका थिए। हाल चालकको पहिचान खुलाउने र घटनासम्बन्धी थप अनुसन्धान अघि बढाइएको इलाका प्रहरीले जनाएको छ।
स्रोतका अनुसार, बरामद गरिएको गाँजा नियन्त्रणमा लिएर प्रहरी कार्यालयमा राखिएको छ र घटनाबारे आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको छ।