काठमाडौँमा के-फुड कार्यक्रम सम्पन्न
काठमाडौँमा के-फुड कार्यक्रम सम्पन्न
    • बेल संचार

    • २२ कार्तिक २०८२, शनिबार

नेपालस्थित गणतन्त्र कोरियाली दूतावासले ८ नोभेम्बर (शनिबार) राजदूत निवास काठमाडौंमा के-फुड कार्यक्रम कार्यक्रम आयोजना गर्यो। कोरियामा कामको अनुभव लिएका तथा कोरिया सरकारको छात्रबृत्तीमा अध्ययन गरी नेपाल फर्केका विद्यार्थीहरूले कोरियाली खाना मार्फत कोरियाको सम्झनाहरू साट्ने अवसर उपलव्ध भयो। नेपालस्थित गणतन्त्र कोरियाली राजदूत थेयङ पार्कले बधाई मन्तव्यका क्रममा कोरियामा अनुभव लिई फर्किएका कामदार तथा पूर्व विद्यार्थीहरूका लागि कोरियाली खाना र कोरियाको अविस्मरणीय क्षणहरु परिवार र साथीहरूसँग साझा गर्ने अर्थपूर्ण अवसरको रुपमा कार्यक्रमलाई प्रकाश पारे।

राजदूत पार्कले सहभागीहरूप्रति कृतज्ञता व्यक्त गर्दै के-पप, के-ड्रामा र के-फुड मार्फत नेपालमा कोरियाली संस्कृतिको बढ्दो प्रभावलाई प्रशँसा गरे।

उनले कोरिया र नेपालबीचको सांस्कृतिक सम्बन्धलाई सुदृढ पार्ने कुरामा जोड दिँदै कोरियामा आफ्नो बहुमूल्य समय विताएर, आज नेपालमा साथीभाइ र परिवारसँग कोरियाली खानाको स्वाद दिलाउने अवसर प्रदान गर्ने उद्देश्य लिएर उक्त कार्यक्रम आयोजना गरेको धारणा राखे। आजको यस कार्यक्रम पनि यहि अगष्ट महिनामा काठमाडौंमा आयोजना गरिएको के-फुड उद्यमशीलता तालिमको एक हिस्साको रुपमा कोरियाली सरकारले जारी गरिरहेको कोरियाबाट फर्किएका कामदारको पुनर्एकीकरण कार्यक्रमनै हो।

कोरियाली सरकारले नेपाली युवाहरूको लागि दिगो स्टार्टअप इकोसिस्टमको लागि निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ र नेपालमा रोजगारी सिर्जना गर्ने र नेपालको अर्थतन्त्रलाई सुदृढ पार्ने लक्ष्य राखेको छ। आजको कार्यक्रममा दूतावासका कर्मचारीहरू सहित ३५ जना भन्दा बढी सहभागीहरू उपस्थित भएका थिए।

साताकाे चर्चित
सम्बन्धित