काठमाडौं ।
तारकेश्वर नगरपालिका वडा नं ४ स्थित सानोपुलमा रहेको गोलढुङ्गा बचत तथा ऋण सहकारी संस्था लि को १३औं वार्षिक साधारण सभा कार्तिक २२ गते सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष शोभा आचार्यले सञ्चालक समितिको तर्फबाट आव २०८१–०८२ को वार्षिक प्रगति प्रतिवेदन तथा आव २०८२–०८३ को लागि नीति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गर्नुभएको थियो । संस्थाको शेयर पूँजी १ करोड ३१ लाख ८८ हजार ६ सय रुपैयाँ रहेको छ भने यस बर्ष शेयर बृद्धी गरी १ करोड ३६ लाख ३९ हजार ४ सय रुपैयाँ पुर्याईएकाे छ ।
सहकारीले दिगो विकासका लागि जगेडा कोषतर्फ ५ लाख ५९ हजार ८ सय १७ रुपैयाँ राखेको छ । संस्थाको अघिल्लो आवको भन्दा सियर पुँजी ४ प्रतिशतले वृद्धि भएको छ । गत अवामा २ लाख ५१ हजार रुपैयाँ खुद नाफा गरेको छ । संस्थाले यस वर्ष ३ करोड ५८ लाख ७३ हजार रुपैयाँ ऋण लगानी गरेको छ ।
यसलाई चालू आवमा बढाएर ४ करोड ४५ लाख ५५ हजार रुपैयाँ पुर्याउने लक्ष्य लिएको सभामा जानकारी दिइयो । उपाध्यक्ष नम कृष्ण बादे श्रेष्ठले स्वागत मन्तव्य दिनुभएकाे तथा काेषाध्यक्ष यज्ञ कुमार थापाले वार्षिक प्रगति प्रतिवेदनमा आम्दानी ,खर्च तथा नाफाकाे विवरण प्रस्तुत गर्नु भएको र संस्थाका सचिव भरतमणी अधिकारीले २०८१/०८२ काे बार्षिक प्रतिवेदन पेश गर्नुभयाे। संस्थाले चालू आवमा आधुनिक प्रविधिलाई अधिकतम सदुपयोग गर्दै सेवा प्रदान गर्ने, धितो निरिक्षण तथा मूल्याङ्कन, प्राविधिक, आन्तरिक लेखापरीक्षक र कानूनी परामर्श गर्दै आएकाे छ । सुनिश्चित भविश्यको सारथी गोलढुङ्गा सहकारी भन्ने मुल नाराका साथ २०६९ साल चैत २३ गते स्थापना भएको यस सहकारीले सियर सदस्यहरुलाई विस्वास दिलाउदै आएको सहकारीले तारकेश्वर नगरपालिका विभिन्न वडाहरुमा सियर सदस्य बनाई रकम संकलन गर्दै आएको छ ।
कार्यक्रममा संस्थाका सञ्चालक, लेखा सुपरिवेक्षण समितिका पदाधिकारीहरु, सल्लाहकारहरु र सियर सदस्यहरुको उपस्थिति रहेको थियो ।