नेपालमा राष्ट्रिय एआई केन्द्रको सुरुवात : डिजिटल युगतर्फ महत्वपूर्ण कदम
नेपालमा राष्ट्रिय एआई केन्द्रको सुरुवात : डिजिटल युगतर्फ महत्वपूर्ण कदम
    • बेल संचार

    • २४ कार्तिक २०८२, सोमबार


काठमाडौँ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा औपचारिक रूपमा राष्ट्रिय कृत्रिम बुद्धिमत्ता (एआई) केन्द्र स्थापना गरिएको छ ।

सोमबार मन्त्रालयमा आयोजित समारोहमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले उक्त केन्द्रको उद्घाटन गरे ।

मन्त्री खरेलका अनुसार मन्त्रालयको सानो कोठाबाट सुरु गरिएको यो केन्द्र नेपालमा एआई प्रविधिको विकास र प्रयोगका लागि ऐतिहासिक पहल हुनेछ ।

उनले भने, “एआई नीति र एआई काउन्सिल गठन भइसकेको अवस्थामा अब नेपाल डिजिटल युगको मार्गमा दृढतापूर्वक अघि बढेको छ।”

उनका अनुसार, सुशासन, पारदर्शिता, भ्रष्टाचारमुक्त शासन र रोजगारी सिर्जनासहितका जनताको आकांक्षालाई साकार पार्न एआई प्रविधिको प्रभावकारी उपयोग गरिनेछ ।

मन्त्री खरेलले राष्ट्रिय एआई केन्द्रलाई “सरकारको सहायक र जनताको हितका कार्यहरूको प्रवर्द्धक शक्ति” का रूपमा विकास गरिने बताए ।

साताकाे चर्चित
सम्बन्धित