पशुपति क्षेत्रलाई राजनीतिक रंग नदिन प्रधानमन्त्री कार्कीको निर्देशन
पशुपति क्षेत्रलाई राजनीतिक रंग नदिन प्रधानमन्त्री कार्कीको निर्देशन
    • बेल संचार

    • २४ कार्तिक २०८२, सोमबार

काठमाडौँ ।

प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक प्रभावबाट मुक्त राख्न निर्देशन दिएकी छन् । सोमबार सिंहदरबारमा बसेको कोष सञ्चालक परिषद्को बैठकलाई सम्बोधन गर्दै उनले धार्मिक संस्थामा राजनीतिक कार्यकर्ता भर्ती गर्ने प्रवृत्तिको विरोध गरिन् ।

प्रधानमन्त्री कार्कीले भनिन्, “धार्मिक संस्थाका आफ्नै परम्परा, मूल्य र मान्यता हुन्छन् । त्यसैले यस्ता स्थानहरूमा धार्मिक आस्था र अनुशासन प्राथमिक हुनुपर्छ, राजनीतिक झुकाव होइन ।”

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा सञ्चालित कोष सञ्चालक परिषद्को बैठकमा प्रधानमन्त्री कार्कीले, जो हाल पर्यटनमन्त्री पनि हुन्, पशुपति क्षेत्रको पवित्रता र मौलिक सांस्कृतिक पहिचान जोगाउन सबै सरोकारवालालाई जिम्मेवार बन्न आग्रह गरिन् ।

उनका अनुसार, पशुपति क्षेत्र विकास कोषमा कार्यरत व्यक्तिहरूले धार्मिक आस्था र मूल्यअनुसार काम गर्नुपर्ने र त्यहाँ राजनीतिक स्वार्थ प्रविष्ट गराउने प्रयास अनुचित हुने बताइन् ।

साताकाे चर्चित
सम्बन्धित