सिमकोटमा चार दिनदेखि बिजुली बन्द, हिल्दुम वितरण केन्द्रमा मर्मत कार्य जारी
सिमकोटमा चार दिनदेखि बिजुली बन्द, हिल्दुम वितरण केन्द्रमा मर्मत कार्य जारी
    • बेल संचार

    • २७ कार्तिक २०८२, बिहीबार

हुम्ला।

सदरमुकाम सिमकोटमा चार दिनदेखि बिजुली आपूर्ति बन्द छ। जिल्ला भरि सेवा दिने हिल्दुम जलविद्युत् वितरण केन्द्रमा आएको समस्या अझै मर्मत हुन नसक्दा सबै विद्युत् गतिविधि प्रभावित भएका छन्।

केही सरकारी कार्यालयमा सोलार सुविधा भए पनि हिउँदमा घाम नपरेकाले मोबाइल र ल्यापटप चार्ज गर्न समेत कठिनाइ भएको छ। सञ्चारकर्मी नरजङ तामाङले बताए अनुसार, समाचार सङ्कलन र प्रसारण पनि प्रभावित भएको छ।

वितरण केन्द्रका प्रमुख इन्जिनियर जितेन्द्र शाहका अनुसार, विद्युत् गृहमा मर्मत आवश्यक भएकाले आपूर्ति बन्द गरिएको हो। सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र चन्दले मर्मतस्थलमा पुगेर कामलाई तीव्रता दिन निर्देशन दिएका छन्।

उनका अनुसार शनिबारसम्म विद्युत् आपूर्ति नियमित रूपमा सञ्चालन गर्ने लक्ष्य राखिएको छ। साथै, मुहानदेखि फर्बेसम्मको नहरमा पानी चुहिने स्थानको मर्मत पनि पूरा भइसकेको छ।

साताकाे चर्चित
सम्बन्धित