काठमाडौं।
पेरूमा यात्रुबाहक बस ट्रकसँग ठोक्किएर २०० मिटर खोलामा खस्दा ३७ जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन्। बसमा ६० जना यात्रु सवार थिए।
स्थानीय सञ्चारमाध्यमका अनुसार, दुर्घटना पान-अमेरिकन राजमार्गमा बुधबार बिहान भएको हो, जसले पेरूलाई चिलीसँग जोड्दछ। बस मोडमा रहेको बेला पिकअप ट्रकसँग ठोक्किएको र त्यसपछि ओकोना नदीतिरको खोलामा खसेको थियो।
रिपोर्ट अनुसार, बस र ट्रक दुबै चालक भने बाँच्न सफल भएका छन्।
ओकोना जिल्लाका मेयर भाल्डोर लेरेनाका अनुसार, दुर्घटना भएको क्षेत्र धेरै उबडखाबड रहेको छ र यस क्षेत्रमा पहिले पनि धेरै गम्भीर दुर्घटनाहरू भएका थिए।