प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता खुला, आयोगले तोक्यो समयसीमा
प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता खुला, आयोगले तोक्यो समयसीमा
    • बेल संचार

    • २८ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

आगामी प्रतिनिधि सभा तथा राष्ट्रिय सभा निर्वाचन तयारी अघि बढाउँदै निर्वाचन आयोगले राजनीतिक दलहरूलाई दल दर्ता प्रक्रिया सुरु गर्न आव्हान गरेको छ।

आयोगका अनुसार—

  • प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन इच्छुक दलले मंसिर १ देखि १० गते भित्र दर्ता गर्नुपर्नेछ।

  • राष्ट्रिय सभा निर्वाचनका लागि भने मंसिर १ देखि ७ गतेसम्म दर्ता खुलेको छ।

दल दर्ता प्रमाणपत्र अनिवार्य

निर्वाचन प्रयोजनका लागि दर्ता गर्न चाहने दलले कात्तिक ३० गतेसम्म दल दर्ता प्रमाणपत्र प्राप्त गरिसकेको हुनुपर्ने आयोगले स्पष्ट जनाएको छ।

निर्वाचन मिति

  • प्रतिनिधि सभा निर्वाचन – फागुन २१ गते

  • राष्ट्रिय सभा निर्वाचन – माघ ११ गते

१९ सदस्यको कार्यकाल समाप्ति

आगामी फागुन २० मा १९ जना राष्ट्रिय सभा सदस्यको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये १ जना राष्ट्रपतिद्वारा मनोनीत र १८ जना निर्वाचित सदस्य छन्। बाँकी १८ सीटका लागि माघ ११ गते चुनाव हुँदैछ।

प्रदेशगत प्रतिनिधित्व

आगामी राष्ट्रिय सभा निर्वाचनमा निम्न संख्या अनुसार सदस्य चुन्नेछ:

  • कोशी प्रदेश – ३

  • मधेश प्रदेश – ४

  • बागमती – २

  • गण्डकी – २

  • लुम्बिनी – ३

  • कर्णाली – २

  • सुदुरपश्चिम – २

मतदाता को–को

राष्ट्रिय सभाका लागि मतदान गर्नेहरूले—

  • प्रदेशसभा सदस्य,

  • नगरपालिका प्रमुख तथा उपप्रमुख,

  • गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष
    सामेल हुनेछन्।

साताकाे चर्चित
सम्बन्धित