बहुमूल्य धातु,वस्तुको कारोबारमा कडाइ, सरकारले कडा नियमन लागू
बहुमूल्य धातु,वस्तुको कारोबारमा कडाइ, सरकारले कडा नियमन लागू
    • बेल संचार

    • २८ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

सरकारले सुन, चाँदी, हिरा, बहुमूल्य रत्नजस्ता धातु वा वस्तुको कारोबारमा कडाइ लागू गरेको छ। नेपाललाई सम्पत्ति शुद्धिकरण (Money Laundering) सम्बन्धी ‘ग्रेलिस्ट’बाट छिटो हटाउन यस क्षेत्रमा कडा नियमन सुरु गरिएको हो।

आन्तरिक राजश्व विभागले हालै नै बहुमूल्य धातु तथा वस्तुको व्यापार गर्ने व्यवसायीलाई विस्तृत निर्देशन जारी गर्दै कारोबारलाई पारदर्शी बनाउन कडा नियम लागू गरेको छ।

निर्देशनले बहुमूल्य धातु/वस्तुका रूपमा निम्नलाई समेटेको छः
सुन, चाँदी, प्लाटिनम, पालाडियम, रोडियम, रुथेनियम, इरिडियम, ओस्मियम, डायमण्ड, सफायर, रुबी, इमेराल्ड, जेड, पर्ल, कोरन्डम, एक्वामेरीन तथा यी धातु मिसाइएका गहनाहरू।

१) व्यवसायीले व्यापारका सबै कारोबार आफ्नो व्यवसायको बैंक खातामार्फत मात्र गर्नुपर्नेछ।
२) व्यक्तिगत वा परिवारका सदस्यको बैंक खाता प्रयोग गर्न पाइने छैन।
3) १० लाख रूपैयाँ वा सोभन्दा बढी रकमको बिक्री भएमा रकम ग्राहक वा ग्राहकको परिवारको बैंक खाताबाट नै बुझ्नुपर्नेछ।

– कारोबारको भुक्तानी लिन–दिन विद्युतीय माध्यमलाई प्राथमिकता दिनुपर्नेछ।
– विद्युतीय भुक्तानीमा सीमा समस्या आएमा नेपाल राष्ट्र बैंकसँग समन्वय गरी सीमा बढाउन सकिने व्यवस्था निर्देशनमा उल्लेख छ।

अभिलेख नराखे/ननिक्षेप गरेमा

  • पहिलो पटक — लिखित चेतावनी

  • दोस्रो पटक — रु. १० लाख जरिवाना

  • तेस्रो पटकदेखि — १० देखि ५० लाख रुपैयाँसम्म जरिवाना

  • निरन्तर अटेर गरेमा — दर्ता खारेज

अन्य नियम उल्लङ्घन गरेमा

  • पहिलो पटक — चेतावनी

  • दोस्रो पटक — रु. १ लाख जरिवाना

  • तेस्रो पटकदेखि — १० लाखदेखि १ करोड रुपैयाँसम्म जरिवाना

साताकाे चर्चित
सम्बन्धित