सिंगापुरबाट आज स्वदेश फर्किँदै कांग्रेस सभापति देउवा
सिंगापुरबाट आज स्वदेश फर्किँदै कांग्रेस सभापति देउवा
    • बेल संचार

    • २८ कार्तिक २०८२, शुक्रबार

काठमाडौं ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज (शुक्रबार) साँझ सिंगापुरबाट नेपाल फर्किन लागेका छन्। उपचारका लागि केही दिन अघि बाहिर रहेका देउवा स्वदेश फर्किन लागेका हुन् भन्ने जानकारी उनको नजिकका नेताले दिएका छन्।

देउवा र उनकी पत्नी डा. आरजु राणा देउवा जेन–जी आन्दोलनका क्रममा २४ भदौमा भएको आक्रमणमा घाइते भएका थिए। त्यसपछि स्वास्थ्य जाँच र उपचारका लागि १० कात्तिकमा उनीहरू सिंगापुर गएका थिए।

उपचारमा रहेका देउवा दम्पती २८ असोजमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा सार्वजनिक रूपमा उपस्थित भएका थिए। सोही बैठकमा सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी बुझाएका थिए।

साताकाे चर्चित
सम्बन्धित