भोजपुरको सिद्धकाली : धार्मिक पर्यटनको नयाँ आकर्षण
भोजपुरको सिद्धकाली : धार्मिक पर्यटनको नयाँ आकर्षण
    • बेल संचार

    • ५ मंसिर २०८२, शुक्रबार

भोजपुर ।

जिल्लाको प्रसिद्ध सिद्धकाली शक्तिपीठ धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा क्रमशः विकास हुँदै गएको छ।

स्थानीय कथा अनुसार, दक्षप्रजापतिकी कन्या सतीको बायाँ आँखा पतन भएसँगै यो शक्तिपीठको स्थापना भएको विश्वास गरिन्छ। यहाँ देश–विदेशबाट भक्तजन दर्शनका लागि आउने गर्छन्।

भक्तजनको धार्मिक विश्वास अनुसार सिद्धकालीको दर्शनले रोग–व्याध हटाउने, सुख–शान्ति दिने र समृद्धि ल्याउने बताइएको छ। पण्डित कमल दाहालका अनुसार आश्विन र चैत्र शुक्लपक्षका साथै एकादशी, रामनवमी, बालाचतुर्दशी, शिवरात्रि र श्रावण महिनामा विशेष पूजा कार्यक्रम आयोजना हुन्छ।

शक्तिपीठ परिसरमा महादेव, गणेश, शनिदेव, राधाकृष्ण र हनुमान मन्दिर रहेका छन् भने आसपास सिद्ध गुफा र नारायण गुफा पनि छन्। यी स्थलहरूको दर्शनका लागि देश–विदेशबाट भक्तजन नियमित रूपमा आउने गर्छन्।

साताकाे चर्चित
सम्बन्धित