सिँजामा एकदिने पोषण प्रदर्शनी मेला सम्पन्न
सिँजामा एकदिने पोषण प्रदर्शनी मेला सम्पन्न
    • उमेश बुढा

    • १३ मंसिर २०८२, शनिबार

जुम्ला।
जुम्लाको सिँजा गाउँपालिका–३ नराकोट बजारमा एकदिने पोषण प्रदर्शनी मेला सफलता पूर्वक सम्पन्न भएको छ। सिँजा गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा प्लान नेपाल र पेस नेपालको सहकार्यमा मेला सञ्चालन गरिएको हो।

मेलामा एक हजार दिनका आमा, पाँच वर्ष मुनिका बालबालिका, किशोर–किशोरी, महिला स्वास्थ्य स्वयंसेविका र ज्येष्ठ नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो। मेलामा राखिएका विभिन्न स्टलहरूमा बिहानको खाजा, बिहानको भोजन, दिउँसोको खाजा र बेलुकाको खानाका पोषिलो परिकारहरू प्रदर्शन गरिएको थियो।

स्थानीय स्तरमै पाइने अर्गानिक खाद्य वस्तुहरूको प्रयोग, सही तरिकाले पकाउने विधि, सन्तुलित रूपमा सेवन गर्ने तरीका तथा उमेर समूहअनुसार बालबालिका र आमालाई आवश्यक पोषणबारे जानकारी दिनु मेलाको मुख्य उद्देश्य रहेको स्वास्थ्य शाखा प्रमुख ललित रोकायाले जानकारी दिनुभयो।

एकदिने पोषण प्रदर्शनी मेलाको औपचारिक उद्घाटन सिँजा गाउँपालिकाका अध्यक्ष पूर्णप्रसाद धितालले गर्नुभएको थियो।

साताकाे चर्चित
सम्बन्धित