एनपीएलमा आज कर्णाली र काठमाडौंको निर्णायक भिडन्त
एनपीएलमा आज कर्णाली र काठमाडौंको निर्णायक भिडन्त
    • बेल संचार

    • १४ मंसिर २०८२, आईतवार

काठमाडौँ ।

त्रिवि क्रिकेट मैदानमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कर्णाली याक्स र काठमाडौं गोर्खाजबीच महत्वपूर्ण खेल हुँदैछ । खेल दिउँसो ३ बजेर ३० मिनेटमा सुरु हुनेछ ।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली याक्सले हालसम्म चार खेलमध्ये एक मात्र जित निकालेको छ । दुई अंकसहित कर्णाली छैटौँ स्थानमा रहेको छ । प्लेअफको सम्भावना कायमै राख्न आजको खेल कर्णालीका लागि जित अनिवार्य बनेको छ ।

उता करण केसीको नेतृत्वमा रहेको काठमाडौं गोर्खाज अंकतालिकाको तेस्रो स्थानमा छ । प्लेअफमा स्थान पक्का गर्न काठमाडौंका लागि पनि आजको खेल निकै महत्वपूर्ण मानिएको छ ।

साताकाे चर्चित
सम्बन्धित