मार्तडी बजारमा भीषण आगलागी, ठूलाे भाैतिक क्षति तर मानवीय क्षति भएन
मार्तडी बजारमा भीषण आगलागी, ठूलाे भाैतिक क्षति तर मानवीय क्षति भएन
    • बेल संचार

    • १६ मंसिर २०८२, मंगलवार

बाजुरा ।

बाजुराको सदरमुकाम मार्तडी बजारमा मंगलबार दिउँसो आगलागी हुँदा ठूलो भौतिक क्षति भएको छ । यद्यपि, उक्त घटनामा कुनै पनि मानवीय क्षति नभएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी डोलेन्द्र निरौलाका अनुसार दिउँसो करिब १२:१५ बजेको समयमा एक पसलमा अचानक आगो लागेको हो । सुरुमा लागेको आगो केही समयमै छेउछाउका अन्य पसलहरूमा पनि फैलिएको थियो ।

स्थानीय बासिन्दा, प्रहरी र पानी ट्याङ्करको सहयोगमा आगो नियन्त्रणमा लिइएको उनले जानकारी दिए । आगलागीको कारण भने हालसम्म खुल्न सकेको छैन ।

आगलागीबाट भएको क्षतिको विस्तृत विवरण संकलन गर्ने काम भइरहेको प्रशासनले जनाएको छ ।

साताकाे चर्चित
सम्बन्धित