काठमाडौँ ।
नेपालका लागि अस्ट्रेलियाकी राजदूत लिन जोनस्टनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ शिष्टाचार भेट गरेकी छन्। बुधबार राष्ट्रपति कार्यालय शीतल निवासमा उनीबीच भेटघाट भएको हो।
भेटका अवसरमा नेपाल र अस्ट्रेलियाबीच रहेको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य, साझा हित तथा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन्।
राष्ट्रपति पौडेलले राजदूत जोनस्टनले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनका लागि शुभकामना पनि दिएका छन्।