युवा तथा खेलकुद मन्त्री गुप्ताद्वारा ट्राफिक अनुशासन जीवनशैलीमा उतार्न आग्रह
युवा तथा खेलकुद मन्त्री गुप्ताद्वारा ट्राफिक अनुशासन जीवनशैलीमा उतार्न आग्रह
    • बेल संचार

    • १९ मंसिर २०८२, शुक्रबार

काठमाडौँ ।

युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले सडक सुरक्षा कायम गर्न ट्राफिक अनुशासनलाई दैनिकीको व्यवहार बनाउनु आवश्यक रहेको बताएका छन्। शुक्रबार रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरी कार्यालयमा ‘लिमिट द स्पिड, सेभ द लाइफ’ अभियानको औपचारिक शुभारम्भ गर्दै उनले चालक तथा सहचालकलाई सम्मान र सकारात्मक दृष्टिले हेर्नुपर्नेमा जोड दिए।

उनले चालक र सहचालकप्रति राज्यका निकाय तथा सरोकारवालाहरूको सकारात्मक सोच र जिम्मेवार व्यवहारले सडक दुर्घटना न्यूनीकरणमा महत्वपूर्ण योगदान पुग्ने बताए। “चालकलाई जिम्मेवार बनाउन सके दुर्घटना घटाउन ठूलो टेवा पुग्छ,” मन्त्री गुप्ताले भने।

काठमाडौँ उपत्यकामा सुरु गरिएको उक्त अभियान अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस–२०२५ को अवसरमा युवा परिषद्को समन्वयमा सचेतनामूलक कार्यक्रममार्फत अघि बढाइएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसएसपी नवराज अधिकारीले जानकारी दिए।

सडक दुर्घटना न्यूनीकरणसम्बन्धी कार्यक्रममा उपत्यका प्रहरी कार्यालयका अतिरिक्त महानिरीक्षक (एआईजी) ईश्वर कार्कीले पनि दुर्घटना नियन्त्रणका लागि चालकको भूमिका निर्णायक हुने बताए। “स्टेरिङ चालककै हातमा हुन्छ, त्यसैले दुर्घटना रोक्न सबैभन्दा बढी जिम्मेवारी चालककै हुन्छ,” उनले स्पष्ट पारे।

साताकाे चर्चित
सम्बन्धित