एमालेले ११औँ महाधिवेशनका लागि ‘नवयुग’ ई–बुलेटिन सार्वजनिक गर्‍यो
एमालेले ११औँ महाधिवेशनका लागि ‘नवयुग’ ई–बुलेटिन सार्वजनिक गर्‍यो
    • बेल संचार

    • २० मंसिर २०८२, शनिबार

काठमाडौँ ।

नेकपा (एमाले) ले आफ्नो एघारौँ राष्ट्रिय महाधिवेशनको प्रचार–प्रसारलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित ‘नवयुग’ नामक ई–बुलेटिनको औपचारिक शुभारम्भ गरेको छ। शनिबार राष्ट्रिय महाधिवेशन प्रचार समितिको संयोजनमा केन्द्रीय कार्यालयबाट ई–बुलेटिन सार्वजनिक गरिएको हो।

शुभारम्भ कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शङ्कर पोख्रेलेको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममार्फत डिजिटल माध्यम प्रयोग गरेर पार्टी गतिविधि, महाधिवेशनसम्बन्धी सूचना तथा सन्देश जनतासम्म सरल र छरितो रूपमा पुर्‍याउने लक्ष्य रहेको बताइएको छ।

पार्टी नेतृत्वले ‘नवयुग’ ई–बुलेटिनले महाधिवेशनको तयारी, नीति–दृष्टिकोण र संगठनात्मक गतिविधि सार्वजनिक गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ।

साताकाे चर्चित
सम्बन्धित