जेनजी आन्दोलनका माग सम्बोधन गर्न कम्युनिस्ट पार्टीको प्रतिबद्धता
जेनजी आन्दोलनका माग सम्बोधन गर्न कम्युनिस्ट पार्टीको प्रतिबद्धता
    • बेल संचार

    • २० मंसिर २०८२, शनिबार

काठमाडौँ ।

नेपाली कम्युनिस्ट पार्टीले जेनजी आन्दोलनबाट उठाइएका मुद्दाहरूको समाधानका लागि पार्टीस्तरबाट प्रभावकारी पहल गर्ने प्रतिबद्धता जनाएको छ। पार्टीले जारी गरेको पहिलो अन्तरपार्टी निर्देशन (अपानि) मार्फत सुशासन, रोजगारी, युवाको राजनीतिक सहभागिता लगायतका विषयलाई संविधान संशोधन वा अन्य माध्यमबाट सम्बोधन गर्ने घोषणा गरेको हो।

अपानिमा जेनजी पुस्ताले उठाएका मागहरूलाई गम्भीरतापूर्वक लिन्दै ती मुद्दाहरू लोकतान्त्रिक र विधिसम्मत प्रक्रियाबाट समाधान गर्न पार्टी सक्रिय रहने उल्लेख गरिएको छ। साथै, २३ भदौमा जेनजी आन्दोलनमाथि भएको दमन र २४ भदौमा भएको विध्वंसको घटनाबारे निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न पनि पार्टीले माग गरेको छ।

आन्दोलनका क्रममा राष्ट्रिय धरोहरसहित सार्वजनिक तथा निजी सम्पत्तिमा पुगेको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टीले राष्ट्रिय पुनर्निर्माण अभियान सञ्चालन गर्न सबैलाई अपिल गरेको छ।

अन्तरपार्टी निर्देशनमा पार्टीका सबै संगठन तथा जनवर्गीय संगठनहरूमा जेनजी नवयुवा, युवा, महिला, दलित तथा पछाडि पारिएका वर्ग, जाति र समुदायको न्यायोचित प्रतिनिधित्व सुनिश्चित गरिने प्रतिबद्धता पनि उल्लेख गरिएको छ।

पार्टीले सामाजिक सञ्जालमाथिको प्रतिबन्ध तथा भ्रष्टाचार, कुशासन र बेथितिविरुद्ध जेनजी पुस्ताले भदौ २३ गते गरेको आन्दोलनको उच्च मूल्याङ्कन गर्दै त्यस आन्दोलनको भावना र उद्देश्यप्रति सम्मान व्यक्त गरेको छ।

साताकाे चर्चित
सम्बन्धित