काठमाडौं ।
नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेड र ललितपुरको ज्वागलमा रहेको क्यूरा हेल्थ प्रा.लि. बीच स्वास्थ्य सेवामा सहुलियत प्रदान गर्ने उद्देश्यले समझदारी भएको छ ।
सम्झौताअनुसार अब नेपाल बैंकमा कार्यरत कर्मचारी तथा बैंकमा खाता भएका ग्राहकहरूले क्यूरा हेल्थ प्रा.लि. बाट उपलब्ध गराइने विभिन्न प्याथोलोजी प्रयोगशाला सेवामा निःशुल्क होम डेलिभरीसहित १२ प्रतिशतदेखि २५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन् । यसका साथै विभिन्न हेल्थ प्याकेजमा पनि सहुलियत उपलब्ध गराइने जनाइएको छ ।
सम्झौतापत्रमा नेपाल बैंक लिमिटेडको तर्फबाट बजारीकरण तथा अनुसन्धान डिभिजन प्रमुख निर्मल सुवेदी र क्यूरा हेल्थ प्रा.लि. को तर्फबाट प्रबन्धक शीतलप्रसाद पोखरेलले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यबाट नेपाल बैंकका कर्मचारी र खातावाल ग्राहकहरूले गुणस्तरीय तथा किफायती स्वास्थ्य सेवामा सहज पहुँच पाउने विश्वास बैंकले व्यक्त गरेको छ ।