काठमाडौँ ।
प्रधानमन्त्री सुशीला कार्कीले मंगलबार भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव मुनु महावरसँग सिंहदरबारमा भेटवार्ता गरेकी छन्।
प्रधानमन्त्रीको सचिवालयका अनुसार भेटका क्रममा समसामयिक विषयमा छलफल भएको थियो। यस अवसरमा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले पनि सहभागिता जनाएका थिए।