जेनजी सम्झौता टुंग्याउन सुदन गुरुङको प्रधानमन्त्रीसँग भेट
जेनजी सम्झौता टुंग्याउन सुदन गुरुङको प्रधानमन्त्रीसँग भेट
    • बेल संचार

    • २३ मंसिर २०८२, मंगलवार

काठमाडौँ ।

जेनजी आन्दोलनका अगुवा सुदन गुरुङले प्रधानमन्त्री सुशीला कार्कीसँग भेट गरी सरकार र जेनजीबीच हुन लागेको सम्झौताबारे चासो व्यक्त गरेका छन्। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा भएको भेटमा गुरुङले सम्झौता प्रक्रियामा भइरहेको प्रगतिबारे जानकारी लिएका थिए।

भेटका क्रममा गुरुङले जेनजी आन्दोलनलाई औपचारिक मान्यता दिने गरी सम्झौता प्रक्रिया छिटो टुंग्याउनुपर्ने र त्यसमा राष्ट्रपतिसमक्ष हस्ताक्षर गरिनुपर्ने विषय उठाएका थिए।

उनले आन्दोलनका क्रममा केही युवामाथि प्रहरीले धरपकड गरेको, धरौटी तिर्न नसक्दा पुर्पक्षका लागि थुनामा बस्नुपरेको अवस्थाप्रति गम्भीर ध्यानाकर्षण गराउँदै ती समस्याको समाधान गर्न सरकारलाई आग्रह गरेका छन्।

उक्त भेटमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको सचिवालयका सदस्य कुमार बेन पनि गुरुङसँगै सहभागी रहेका थिए।

साताकाे चर्चित
सम्बन्धित