स्वास्थ्य मन्त्रालयको सेवा फेरि सिंहदरबारबाट सुरु
स्वास्थ्य मन्त्रालयको सेवा फेरि सिंहदरबारबाट सुरु
    • बेल संचार

    • २४ मंसिर २०८२, बुधबार

काठमाडौँ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अब आफ्ना सेवाहरू सिंहदरबारबाट प्रवाह गर्न थालेको छ । मन्त्रालयले सूचना जारी गर्दै यसअघि रामशाहपथस्थित नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन हुँदै आएका मूलभूत सेवाहरू पुनः सिंहदरबारबाट सुरु गरिएको जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मिति २०८२ साल मंसिर २३ गतेदेखि सिंहदरबारबाट सेवा सञ्चालनमा ल्याइएको हो । यद्यपि केही महाशाखा, शाखा तथा एकाइहरूबाट दिइँदै आएको सेवा भने हालका लागि साबिककै स्थानबाट निरन्तर रूपमा जारी रहने पनि जनाइएको छ । आवश्यक पूर्वाधारको व्यवस्था पूरा भएपछि बाँकी सम्पूर्ण सेवाहरू पनि क्रमशः सिंहदरबारमै स्थानान्तरण गरिने मन्त्रालयको भनाइ छ ।

गत भदौ २४ गते रामशाहपथस्थित स्वास्थ्य मन्त्रालय भवनमा जेन–जी आन्दोलनका क्रममा आगजनी भएपछि मन्त्रालयको सेवा अस्थायी रूपमा नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट सञ्चालन हुँदै आएको थियो । अहिले पुनः मुख्य स्थानमा सेवा फर्काइँदा सेवाग्राहीलाई सहज हुने अपेक्षा गरिएको छ ।

साताकाे चर्चित
सम्बन्धित