जुम्ला
जुम्लाको सिँजा गाउँपालिका–स्थित चुलेलगाउँको धराचौर जङ्गलमा दाउरा काट्न गएका बेला रुखबाट खस्दा एक आमा गम्भीर घाइते भएकी छन् भने उनका ६ महिनाका शिशुको घटनास्थलमै मृत्यु भएको छ।
वडाअध्यक्ष तिर्थ वडका अनुसार स्थानीय मनथिका वडकी २६ वर्षीया उब्जा वड शिशुलाई पिठ्युँमा बोकेर दाउरा काट्न रुख चढेकी थिइन्। दाउरा काट्ने क्रममा आमाछोरा दुबै एकैसाथ रुखबाट खसेका हुन्।
रुखबाट खस्दा ६ महिनाका शिशु चन्द्रमल वडको घटनास्थलमै मृत्यु भएको र आमा उब्जा वड गम्भीर घाइते भएको वडाअध्यक्ष वडले जानकारी दिनुभयो।
घाइतेलाई सिँजा गाउँपालिकाको एम्बुलेन्समार्फत कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा उपचारका लागि पठाइएको छ।