काठमाडौं ।
किवानिज इन्टरनेशनलको भाइस प्रेसिडेण्का लागि मोहन लम्सालले उम्मेदवारी घोषणा गरेका छन् । ११ बर्ष किवानिज मार्फत स्थानीय र अन्तरराष्ट्रिय स्तरमा बिभिन्न नेतृत्वमा रहेर काम गरिसकेको अनुभव भएका लम्सालले हाल किवानिज बोर्ड अफ ट्रष्टीको पदमा रहेर काम गरेको अनुभव पनि संगालेका छन् ।
एकतामा जोड दिंदै आएका लम्साल वालवालिकाको भविश्य उज्वल बनाउने काममा आफ्नो समय सर्मपित गर्दै आएका छन् । किवानिजलाई अझ बलियो, सवल, समाबेशी र भविश्यमूखि बनाउने उद्येश्य राखेर उम्मेदवारी घोषण गरेका लम्साल किवानिजलाई अग्रणी सामाजिक संस्था बनाउन चाहन्छन् । सन् १९१५ जनवरी २१ मा स्थापित संस्था विश्वलाई एक बच्चा र एक समूदायको हिसावले सुधार्न सर्मपित स्वयंसेवकहरुको विश्वब्यापी संगठन हो । करिव ८५ देश र भौगालिक क्षेत्रमा करिव ६ लाख पचास हजार सदस्य रहेको किवानिज क्लवहरुले प्रत्येक बर्ष लगभग एक लाख पचास हजार सेवा परियोजनाहरु आयोजना गछैन् ।