खड्काको क्रिसमस शुभकामना : चाडपर्वले एकता र सामाजिक सद्भाव बलियो बनाउँछन्
खड्काको क्रिसमस शुभकामना : चाडपर्वले एकता र सामाजिक सद्भाव बलियो बनाउँछन्
    • बेल संचार

    • १० पुष २०८२, बिहीबार

काठमाडौँ ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले चाडपर्वहरूले समाजमा सामूहिक भावना, एकता र आपसी सद्भावलाई थप सुदृढ बनाइरहेको बताएका छन्।

इसाई समुदायको पर्व ‘क्रिसमस डे’ को अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषताले सम्पन्न मुलुक भएको उल्लेख गरेका छन्। यस्ता विविधताबीच मनाइने पर्वहरूले आपसी मेलमिलाप र सहअस्तित्वको वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका खेलिरहेको उनको भनाइ छ।

खड्काले नेपाली समाजमा विभिन्न धर्म, संस्कृति र परम्पराका चाडपर्वलाई सम्मान गर्ने सद्भावपूर्ण परम्परा लामो समयदेखि रहँदै आएको उल्लेख गरेका छन्। “विविधताभित्र एकता कायम गर्दै सबैका धार्मिक तथा सांस्कृतिक मूल्यलाई आदर गर्ने संस्कार हाम्रो समाजको विशेषता हो,” उनले सन्देशमा उल्लेख गरेका छन्।

क्रिसमस डे को अवसरमा उनले सबै नेपालीमा सुख, शान्ति र समृद्धिको कामना गर्दै यस पर्वले सामाजिक सद्भाव अभिवृद्धि गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभेच्छा व्यक्त गरेका छन्।

साताकाे चर्चित
सम्बन्धित