काठमाडौँ
अपाङ्गता भएका महिलाहरूको महासंघ नेपाल अपाङ्गता भएका महिलाहरूद्वारा स्थापना गरिएका संस्थाहरूको छाता सङ्गठन हो । यस संस्थाले अपाङ्गता भएका महिलाहरूको हक हित र अधिकार स्थापित तथा सुनिश्चितताका लागि काम गर्दै आएका सदस्य संस्थाहरूको क्षमता अभिवृद्धि, न्यायमा पहुँच, आय- आर्जन तथा अपाङ्गता भएका महिला तथा व्यक्तिहरूको अधिकारका सवालमा सरोकारवाला निकायसँग वकालत तथा पैरवी पनि गर्ने गर्दछ ।
अपाङ्गता भएका महिलाहरूको लागि काम गर्ने क्रममा विभिन्न कार्यक्रम अन्तर्गत पुस ८ र ९ गते अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले CBM को सहकार्यमा अपाङ्गता भएका महिलाहरूका लागि काठमाडौँमा परियोजना चक्र व्यवस्थापनमा क्षमता निर्माण (Capacity Building Training on project cycle Management ) सम्बन्धी २ दिने तालिम सम्पन्न गरेको छ । यस तालिम सञ्चालनका क्रममा आयोजक संस्था अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालकी अध्यक्ष निर्मला धितालले तालिमका प्रमुख प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूलाई स्वागत गर्दै परियोजना चक्र व्यवस्थापनमा क्षमता निर्माण (Capacity Building Training on project cycle Management ) तालिममा परियोजनाहरू लेखन कार्यमा वृद्धि हुने, परियोजना व्यवस्थापनको बारेमा धेरै महत्त्वपूर्ण कुराहरू सिक्न सकिने र आगामी दिनमा यस सीपबाट परियोजना मार्फत काम गर्न सकिने हुँदा यो तालिम अति नै उपयोगी रहेको बताउनु भयो ।
साथै उहाँले अपाङ्गता भएका महिलाहरूको क्षमता अभिवृद्धिका लागि यस संस्थासँग आबद्ध भएका सदस्य संस्थाका प्रतिनिधिहरू, कार्यसमिति सदस्यहरू तथा कर्मचारी र अन्य संस्थामा आबद्ध रहेका अपाङ्गता भएका महिलाहरूलाई यो तालिम प्रदान गरिएको भन्दै आगामी दिनमा यस तालिममा सिकेका सीपहरूलाई सही उपयोग गर्न आग्रह गर्दै आगामी दिनमा पनि अपाङ्गताका सवालमा सहकार्य गरेर काम गर्ने बताउनु भयो । चक्र व्यवस्थापनमा क्षमता निर्माण (Capacity Building Training on project cycle Management ) तालिमका प्रमुख प्रशिक्षकको भूमिका Asian Academy for Peace Research and Development का कार्यकारी निर्देशक शरद न्यौपानेले निर्वाह गर्नु भएको थियो । उहाँले यस २ दिने तालिमलाई अति नै प्रभावकारी र उपयोगी पूर्ण रूपमा सम्पन्न गर्नु भयो । यस २ दिने तालिममा उहाँले परियोजना चक्रका विषयमा जानकारी दिँदै परियोजना व्यवस्थापन, अनुगमन, क्षमता विकास, समय व्यवस्थापन, परियोजनाको रिपोर्टिङ गर्ने तरिकाका बारेमा प्रस्ट पार्दै एउटा परियोजना सफल बनाउनका लागि उद्देश्य, नतिजा, समय अवधि, लक्षित वर्ग, यसको लागि श्रोत अति नै आवश्यक हुने बताउनु भयो ।
साथै उहाँले तालिमका क्रममा परियोजनाको आवश्यकता, परियोजना तयार पार्नका लागि आवश्यक कुराहरू, परियोजना चक्र, परियोजना डिजाइन गर्ने विधिका बारेमा पनि विभिन्न सरल तथा मनोरञ्जनात्मक विधिहरू अपनाएर प्रशिक्षण दिनु भयो । साथै उहाँले विभिन्न मनोरञ्जनयुक्त गीतहरूको बोल मार्फत समूह विभाजन गरी अपाङ्गता भएका व्यक्तिहरूका विभिन्न सवालमा काम गर्नको लागि सफल परियोजना तयार पार्ने विषयमा समूहगत छलफल गराउनु भयो यस २ दिने तालिमका प्रमुख प्रशिक्षकको Asian Academy for Peace Research and Development का कार्यकारी निर्देशक शरद न्यौपानेले परियोजना सफल बनाउनको लागि SMART अर्थात् Specific, Measurable, Achievable, Realistic र Time को अति नै महत्त्वपूर्ण भूमिका रहने बन्दै RBM Process / Flowchart (Results- based management flowchart) का विषयमा पनि जानकारी दिनु भयो । साथै उहाँले उक्त तालिममा (Theory of Change) परिवर्तनका सिद्धान्त, अनुगमन र मूल्याङ्कन, Gantt chart, एक्सन प्लान, अनुगमन मूल्याङ्कनको अवधारणा लगायतका विषयमा प्रशिक्षण दिनु भयो ।
अपाङ्गता भएका महिलाहरूको महासंघ नेपालले CBM को सहकार्यमा काठमाडौँमा यही पुस ८ र ९ गते सञ्चालन गरेको परियोजना चक्र व्यवस्थापनमा क्षमता निर्माण (Capacity Building Training on project cycle Management ) सम्बन्धी २ दिने तालिममा यस संस्थासँग आबद्ध भएका सदस्य संस्थाका प्रतिनिधिहरू, कार्यसमिति सदस्यहरू तथा कर्मचारी र अन्य संस्थामा आबद्ध रहेका अपाङ्गता भएका महिलाहरू सहित १८ जनाको सहभागिता रहेको थियो ।