काठमाडौँ ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले पोखरा–मुग्लिङ सडक खण्डमा निर्माणाधीन सेती पुलको स्थलगत निरीक्षण गरेका छन्।
आइतबार बिहान पोखरा आवतजावतको क्रममा पर्ने उक्त पुलको अवस्था बुझ्न मन्त्री घिसिङ निरीक्षणमा पुगेका हुन्। लामो समयदेखि सवारी चापका कारण बोटलनेक बनेको यस क्षेत्रमा पुल निर्माण भइरहेको छ। हाल पुलको भौतिक प्रगति करिब ५४ प्रतिशत पुगेको जनाइएको छ।
निरीक्षणका क्रममा मन्त्री घिसिङले निर्माण कार्यमा ढिलाइ नहुने गरी कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। पुल सम्पन्न भएपछि पोखरा आवतजावत सहज हुने र सवारी जामको समस्या कम हुने अपेक्षा गरिएको छ।