सुन–चाँदी सस्तो हुँदै: बिहीबार सुन तोलामा २ हजारले घट्यो
सुन–चाँदी सस्तो हुँदै: बिहीबार सुन तोलामा २ हजारले घट्यो
    • बेल संचार

    • २४ पुष २०८२, बिहीबार

काठमाडौँ।

नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा २ हजार रुपैयाँले घटेको हो।

बुधबार तोलामा २ लाख ६७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार २ लाख ६५ हजार ७०० रुपैयाँमा झरेको छ।

यस्तै, चाँदीको मूल्यमा पनि कमी आएको छ। बुधबार तोलामा ४ हजार ९३५ रुपैयाँ रहेको चाँदी बिहीबार घटेर ४ हजार ८३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण बहुमूल्य धातुको मूल्यमा उतार–चढाव देखिएको व्यवसायीहरू बताउँछन्।

साताकाे चर्चित
सम्बन्धित