काठमाडौँ ।
नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्।
बिहीबार शीतल निवासमा भएको भेटमा नेपाल र संयुक्त राज्य अमेरिकाबीचको द्विपक्षीय सम्बन्ध, आपसी सहकार्य तथा साझा चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जानकारी दिएको छ।
भेटका क्रममा राष्ट्रपति पौडेलले राजदूत थम्पसनले आफ्नो कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा धन्यवाद व्यक्त गर्दै भविष्यका लागि शुभकामना दिएका छन्।