अन्तिम समयमा बजार सम्हालियो, नेप्से ४.५९ अंकले उकालो
अन्तिम समयमा बजार सम्हालियो, नेप्से ४.५९ अंकले उकालो
    • बेल संचार

    • २४ पुष २०८२, बिहीबार

काठमाडौँ ।

साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेमा सामान्य वृद्धि देखिएको छ। दिनभर उतारचढावपूर्ण रहेको बजार अन्तिम समयमा सम्हालिँदा नेप्से ४.५९ अंकले बढ्दै २६४०.५४ विन्दुमा पुगेर बन्द भएको हो।

कारोबारको अधिकांश समय बजार ओरालो लागे पनि अन्तिम घडीमा आएको सुधारले सूचकलाई हरियाली बनायो। यद्यपि बजार उक्लिए पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। आज करिब ४ अर्ब ९० करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।

आजको कारोबारमा ३२८ कम्पनीका १ करोड ४ लाख ३१ हजारभन्दा बढी कित्ता सेयर ६९ हजार २६१ पटक किनबेच भएका छन्। नेप्सेका अनुसार १२९ कम्पनीको सेयर मूल्य बढ्दा ११५ कम्पनीको मूल्य घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

आज साञ्भी इनर्जीका लगानीकर्ताले सबैभन्दा धेरै नाफा कमाएका छन्। कम्पनीको सेयर मूल्य ८.१६ प्रतिशतले बढेर ७९५ रुपैयाँ पुगेको छ। त्यस्तै, एसबीआई प्यानल ५.७१ प्रतिशत र खानीखोला हाइड्रोपावर ४.६३ प्रतिशतले उकालो लागेको छ। सुपर मादी हाइड्रोपावरको सेयर मूल्य ३.९० प्रतिशतले घट्दै आजको सबैभन्दा ठूलो गिरावटमा परेको छ।

समूहगत रूपमा बैंकिङसहित सात समूहमा सुधार देखिँदा छ समूह ओरालो लागेका छन्। सबै समूहमा एक प्रतिशतभन्दा कमको उतारचढाव देखिएको नेप्सेले जनाएको छ।

कारोबार रकमका आधारमा सायपत्री हाइड्रोपावर अग्रस्थानमा रह्यो। यस कम्पनीको करिब २० करोड ६ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। त्यसपछि बन्दीपुर केवलकार र साञ्भी इनर्जी उच्च कारोबार हुने कम्पनीमा परेका छन्।

साताकाे चर्चित
सम्बन्धित