भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको चहलपहल, तयारी तीव्र
भृकुटीमण्डपमा कांग्रेस विशेष महाधिवेशनको चहलपहल, तयारी तीव्र
    • बेल संचार

    • २५ पुष २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै काठमाडौँको भृकुटीमण्डपमा तयारी तीव्र बनाइएको छ । बिहीबार बिहानैदेखि कार्यकर्ताहरू भृकुटीमण्डप र आसपास क्षेत्र चारतारे झन्डाले सजाउन सक्रिय देखिएका छन् ।

बहुमत महाधिवेशन प्रतिनिधिहरूको मागका आधारमा कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको आह्वान गरेका हुन् । पार्टी स्रोतका अनुसार महाधिवेशन पुस २७ र २८ गते आयोजना गर्ने तयारी भइरहेको छ ।

यद्यपि, कांग्रेसको संस्थापन पक्षले विशेष महाधिवेशन विधानविपरीत भएको दाबी गर्दै सहभागी नहुन नेता–कार्यकर्तालाई आग्रह गर्दै आएको छ । यसले पार्टीभित्र मतभेद थप चर्किएको संकेत देखिएको छ ।

साताकाे चर्चित
सम्बन्धित