सुनको मूल्य बढ्दा चाँदी घट्यो, बजारमा नयाँ दर
सुनको मूल्य बढ्दा चाँदी घट्यो, बजारमा नयाँ दर
    • बेल संचार

    • २५ पुष २०८२, शुक्रबार

काठमाडौँ । साताको कारोबारको अन्तिम दिन नेपाली बजारमा सुनको मूल्यमा वृद्धि देखिएको छ भने चाँदीको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले शुक्रबार सार्वजनिक गरेको मूल्यसूचीअनुसार सुन महँगिएको हो ।

महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रतितोला २ लाख ६७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य घटेर प्रतितोला ४ हजार ७८० रुपैयाँ कायम भएको छ ।

यसअघि बिहीबार छापावाल सुन प्रतितोला २ लाख ६५ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदीको मूल्य ४ हजार ८३५ रुपैयाँ रहेको थियो ।

साताकाे चर्चित
सम्बन्धित