काठमाडौँ ।
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै निर्वाचन आचारसंहिता २०८२ प्रभावकारी रूपमा लागू गर्न तीनवटा रणनीति अपनाइएको जनाएको छ।
शुक्रबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले आचारसंहिताको कडाइका साथ पालना गराउने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार आचारसंहिता कार्यान्वयनका लागि प्रचार–प्रसार, स्वअनुशासन र निगरानीलाई मुख्य आधार बनाइएको छ।
प्रवक्ता भट्टराईले आचारसंहिता उल्लङ्घन भएमा सुरुमा सम्बन्धित पक्षलाई सचेत गराइने र त्यसपछि पनि सुधार नभए दण्डात्मक कारबाही अघि बढाइने स्पष्ट पारे।
आयोगले आचारसंहिता लागू हुनु अघि नै केन्द्रीय अनुगमन समितिको बैठक सम्पन्न गरिसकेको र राजनीतिक दलहरूसँग आवश्यक छलफलसमेत गरिएको जनाएको छ। यसले जिम्मेवार पक्षहरूलाई थप सजग बनाउने अपेक्षा गरिएको आयोगको भनाइ छ।
निर्वाचन आयोगका अनुसार माघ महिनाको पहिलो सातादेखि निर्वाचन आचारसंहिता औपचारिक रूपमा लागू गर्ने तयारी भइरहेको छ।
पत्रकार सम्मेलनकै क्रममा कांग्रेसको विशेष महाधिवेशनसम्बन्धी प्रश्नमा प्रवक्ता भट्टराईले राजनीतिक दलहरूको आन्तरिक गतिविधिमा आयोगले हस्तक्षेप नगर्ने स्पष्ट गरे।
उनले भने, “दलहरूको गतिविधि नियाल्नु आयोगको दायित्व हो, तर हाल कांग्रेसको विषयमा हस्तक्षेप गर्नुपर्ने अवस्था छैन।