सुदन गुरुङको चुनावी घोषणा: गोरखाबाट संसदीय प्रतिस्पर्धामा उत्रने तयारी
सुदन गुरुङको चुनावी घोषणा: गोरखाबाट संसदीय प्रतिस्पर्धामा उत्रने तयारी
    • बेल संचार

    • २५ पुष २०८२, शुक्रबार

काठमाडौँ ।

हामी नेपाल’ नामक संस्थाका संयोजक सुदन गुरुङले आगामी निर्वाचनमा गोरखा जिल्लाबाट उम्मेदवारी दिने घोषणा गरेका छन्।

गुरुङले सामाजिक सञ्जालमार्फत सार्वजनिक सन्देश जारी गर्दै आफू आगामी निर्वाचनमा प्रत्यक्ष रूपमा राजनीतिक प्रतिस्पर्धामा सहभागी हुने जानकारी गराएका हुन्।

उनले गोरखाका नागरिकको प्रतिनिधित्व गर्दै परिवर्तनमुखी राजनीति गर्ने उद्देश्यका साथ उम्मेदवारी दिने संकेत गरेका छन्। यद्यपि, उनले कुन तहको निर्वाचनमा उम्मेदवार बन्ने भन्ने विषय भने खुलाएका छैनन्।

सामाजिक अभियानमार्फत परिचित गुरुङको यो घोषणासँगै गोरखाको राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। आगामी दिनमा उनको राजनीतिक यात्रा कुन दिशामा अघि बढ्छ भन्ने विषयमा चासो बढ्न थालेको छ।

साताकाे चर्चित
सम्बन्धित