१२ दिनमै सकियो रास्वपा–उज्यालो नेपालको सहयात्रा
१२ दिनमै सकियो रास्वपा–उज्यालो नेपालको सहयात्रा
    • बेल संचार

    • २६ पुष २०८२, शनिबार

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीबीच भएको एकता १२ दिनमै भंग भएको छ। पद, भूमिका र नेतृत्वको विषयमा सहमति नजुट्दा दुई दल अलग भएका हुन्।

नयाँ राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यसहित भएको सात बुँदे सहमति व्यवहारमा लागू हुन नसक्दा विवाद चुलिएको बताइएको छ। सहमतिमा लोकतान्त्रिक अभ्यास, समावेशिता र योग्यता प्रणालीको कुरा गरिए पनि नेतृत्व संरचना र शक्ति बाँडफाँड स्पष्ट नहुँदा असन्तुष्टि बढेको थियो।

उज्यालो नेपाल पार्टीका नेताहरूले एकतापछि निर्णय प्रक्रियामा आफ्नो भूमिका सीमित भएको गुनासो गरेका थिए। सम्मानजनक सहभागिता नदेखिएपछि पार्टीलाई पुनः स्वतन्त्र रूपमा अघि बढाउने निर्णय गरिएको उज्यालो नेपालका नेताहरूले बताएका छन्।

एकता भंगसँगै कुलमान घिसिङ अब उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्ने भएका छन्। यो घटनाले नयाँ भनिएका राजनीतिक शक्तिहरूमा पनि पुरानै शैली र आन्तरिक विवाद देखिएको टिप्पणी हुन थालेको छ।

साताकाे चर्चित
सम्बन्धित