जुम्ला ।
गाेरखा जिल्लामा रहेकाे मनकामना मन्दिरका पुजारी इन्सान थापाले कनकासुन्दरीकाे राेकायावाडामा न्यानाे कपडा वितरण गर्नु भएको छ ।
मन्दिरका पुजारी थापासँग सहकार्य गरेर आफ्नाे जन्म भुमी राेकायावाडामा न्यानाे कपडा वितरण गरेकाे युवा समाजसेवी केवल सिँजालीले वितरण गरेका छन् ।
सिँजालीका अनुसार कनकासुन्दरी वडा नम्बर ७ र ८ काे राेकायावाडा गाउँका गरिब ,अशक्त महिला तथा बालबालिका गरि २५० जनालाई धाेती , टाेपी , सुइटर र सुरुवाल दिइएकाे छ । मनकामना मन्दिरका पुजारी गुरुबासँग न्यानाे कपडा उपलब्धकाे लागि पहल गरे र ५ सय थान दिए पछि मेराे जन्मभुमी राेकायावाडाका आमाबुवा दाजुभाइ र दिदीबहिनीलाई बितरण गरेकाे सिँजालीले बताउनु भयाे ।
जाडाे मौसमकाे बेला नि: शुल्क रुपमा टाेपी , सुइटर , धाेती र सुरुवाल पाउँदा आफू खुसी भएकाे स्थानीय शान्ति राेकायाले बताइन् । समाजकाे लागि चिन्ता लिने युवाले मन्दरीका पुजारीससँग सहकार्य गरेर आफ्नाे गाउँमा न्यानाे कपडा वितरण गरेकामा स्थानीय वासीले सिँजालीलाई धन्यवाद दिएका थिए ।
७ नम्बर वडा कार्यवाहक अध्यक्ष औसरा राेकायाले मन्दिरका पुजारीले आफ्नाे वडाका नागरिकलाई न्यानाे कपड दिएकाेमा धन्यवाद दिनुभयाे ।