काठमाडौँ ।
नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्यहरूको शपथग्रहण कार्यक्रम आज हुने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो १ः३० बजेका लागि कार्यक्रम तय गरिएको छ ।
पार्टी एकतापछि थपिएका केन्द्रीय सदस्यहरूले आज शपथ लिने तयारी गरिएको हो । शपथग्रहण कार्यक्रम भौतिक उपस्थितिका साथै भर्चुअल माध्यमबाट पनि सञ्चालन गरिने जनाइएको छ ।
नेकपाका नेता गंगालाल तुलाधरका अनुसार शपथ सम्पन्न गरेपछि केन्द्रीय सदस्यहरूलाई परिचयपत्र प्रदान गरिनेछ । यसका लागि प्रत्येक सदस्यले केन्द्रीय कार्यालयमा एक हजार रुपैयाँ बुझाउनुपर्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।