जुम्ला ।
प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी जुम्ला जिल्लामा ९ स ७४ जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि दरखास्त आह्वान गरिएको छ।जिल्ला प्रहरी कार्यालय जुम्ला प्रमुख रबिन बावु रेग्मीका अनुसार नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको मातहतमा खटिने गरी एकीकृत रूपमा निर्वाचन प्रहरी भर्ना खोल्ने निर्णय गरिएको हो।
यसअन्तर्गत नेपाल प्रहरीतर्फ ८ सय ७८ जना र सशस्त्र प्रहरीतर्फ ९६ जनाको आवेदन माग गरिएको छ।
पुस २५ गतेदेखि खुलेको भर्ना आवेदन माघ १ गतेसम्म रहने जनाइएको छ। दरखास्त दिने समय बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म तोकिए पनि अत्यधिक संख्यामा आवेदन परेकाले सो समयभित्र आवेदन लिन नसकिएको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख रेग्मीले जानकारी दिए।
उनका अनुसार भर्ना आह्वान गरिएको तीन दिनमै ७ सय २७ जना जनाभन्दा बढीले आवेदन दिइसकेका छन्। जसमा महिला २ सय ७९ र पुरुष ४ सय ४८ जनाले आवेदन दिएकाे छन् । निर्वाचन प्रहरीको नियुक्ति अवधि ४० दिनका लागि रहनेछ भने आवश्यकता अनुसार सरकारले अवधि थप गर्न सक्ने व्यवस्था रहेको छ।