कांग्रेस शीर्ष नेताहरू सानेपामा छलफलमा, बालुवाटार वार्ताको पर्खाइ
कांग्रेस शीर्ष नेताहरू सानेपामा छलफलमा, बालुवाटार वार्ताको पर्खाइ
    • बेल संचार

    • २९ पुष २०८२, मंगलवार

काठमाडौँ ।

नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित पार्टीका शीर्ष नेताहरू केन्द्रीय कार्यालय सानेपामा आन्तरिक छलफलमा जुटेका छन्। मंगलबार दिनभर पार्टी कार्यालयमा नेताहरूबीच परामर्श भइरहेको छ।

छलफलमा उपसभापति धनराज गुरुङ, नेता शेखर कोइराला, विमलेन्द्र निधिलगायत सहभागी छन्। यसैबीच केन्द्रीय समिति सदस्यहरू भने बैठक सुरु हुने प्रतीक्षामा कार्यालय बाहिर बसेका छन्।

पार्टी स्रोतका अनुसार बालुवाटारमा जारी दुई पक्षीय वार्ता टुंगिएपछि मात्रै केन्द्रीय समिति बैठक औपचारिक रूपमा सुरु गर्ने तयारी गरिएको छ।

नेपाली कांग्रेसभित्र देखिएको विवाद समाधान गर्ने उद्देश्यले बालुवाटारमा महाधिवेशन पक्षधर र सभापति शेरबहादुर देउवा पक्षधर समूहबीच दोस्रो चरणको छलफल जारी छ।

नेताहरूका अनुसार वार्ताबाट सहमति जुटे त्यसलाई अनुमोदन गरिनेछ भने सहमति नआए आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने तयारी गरिएको छ।

साताकाे चर्चित
सम्बन्धित