कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक
कांग्रेस विशेष महाधिवेशनको निर्वाचन तालिका सार्वजनिक
    • बेल संचार

    • ३० पुष २०८२, बुधबार

काठमाडौं ।

नेपाली कांग्रेसको विशेष केन्द्रीय महाधिवेशनका लागि गठन गरिएको निर्वाचन समितिले संशोधित निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ।

समितिका अनुसार आज दिउँसो ४ बजे उम्मेदवारहरूको प्रारम्भिक नामसूची सार्वजनिक गरिनेछ। त्यसपछि ४ बजेदेखि ४:३० बजेसम्म उम्मेदवारमाथि दाबी तथा विरोध दर्ता गर्न सकिने व्यवस्था गरिएको छ।

दाबी–विरोधपछि साँझ ६ बजे उम्मेदवारहरूको अन्तिम नामसूची प्रकाशित गरिनेछ। समितिले राति ८ बजेदेखि १ बजेसम्म मतदान हुने जानकारी पनि दिएको छ।


साताकाे चर्चित
सम्बन्धित