उज्यालो नेपाल पार्टी एकीकरण नगरी अघि बढ्छ : कुलमान घिसिङ
उज्यालो नेपाल पार्टी एकीकरण नगरी अघि बढ्छ : कुलमान घिसिङ
    • बेल संचार

    • ३० पुष २०८२, बुधबार

काठमाडौं ।

उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङले आफ्नो पार्टी अन्य कुनै पनि राजनीतिक दलसँग एकीकरण नगरी स्वतन्त्र रूपमा अघि बढ्ने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमार्फत अध्यक्ष घिसिङले आफ्नो पार्टी र नाम जोडेर विभिन्न दलसँग एकीकरण हुन लागेको भन्ने प्रचार गलत र भ्रामक रहेको बताएका छन्। विशेषगरी नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण हुने हल्लालाई उनले पूर्ण रूपमा असत्य भनेका छन्।

उनका अनुसार उज्यालो नेपाल पार्टी आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा अघि बढिरहेको छ र भविष्यमा पनि सोही बाटोमा अघि बढ्नेछ।

सामाजिक सञ्जालमा लेख्दै उनले पार्टीको स्वतन्त्र राजनीतिक पहिचान कायम रहने र कुनै पनि दलसँग समझदारी वा एकीकरण नहुने जानकारी दिएका छन्।

साताकाे चर्चित
सम्बन्धित