नेपाल बैंकको ६६ औँ वार्षिक साधारणसभा सम्पन्न
नेपाल बैंकको ६६ औँ वार्षिक साधारणसभा सम्पन्न
    • बेल संचार

    • ३० पुष २०८२, बुधबार

काठमाडौँ ।

नेपाल बैंक लिमिटेडको ६६ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । बैंक सञ्चालक समितिका अध्यक्ष प्रा.डा. डिल्लीराज शर्माको अध्यक्षतामा नेपाल पुलिस क्लब, भृकुटीमण्डप, काठमाडौँमा साधारणसभा आयोजना गरिएको हो ।

साधारणसभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन तथा २०८२ आषाढ मसान्तसम्मको वित्तीय विवरण सर्वसम्मत रूपमा पारित गरेको छ ।

त्यसैगरी, सभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षकको पारिश्रमिक, सेवा, शर्त र सुविधा स्वीकृत गरेको छ । साथै, श्री महालेखापरीक्षकको कार्यालयबाट परामर्श प्राप्त भएपछि लेखापरीक्षक नियुक्त गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सर्वसम्मत रूपमा पारित गरिएको छ ।

साधारणसभाले बैंकको नियमावलीको नियम ३१ बमोजिम सञ्चालकको पारिश्रमिक, भत्ता तथा सुविधा सम्बन्धी व्यवस्थामा संशोधन गर्ने प्रस्ताव समेत पारित गरेको छ । प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा फेरबदल प्राप्त भएमा सोहीअनुसार आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गरिएको छ ।

बैंकले साधारणसभामार्फत संस्थागत सुशासन सुदृढ गर्दै आगामी दिनमा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

साताकाे चर्चित
सम्बन्धित