पार्टी विधान नमानिएको भन्दै खड्काद्वारा असहमति
पार्टी विधान नमानिएको भन्दै खड्काद्वारा असहमति
    • बेल संचार

    • २ माघ २०८२, शुक्रबार

काठमाडौँ ।

नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले पार्टी विधानलाई बेवास्ता गर्दै विशेष महाधिवेशनको नाममा गतिविधि गरिएको भन्दै आपत्ति जनाएका छन्।

पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा बोल्दै खड्काले नेपाली कांग्रेस सधैँ विधान र कानुनी प्रक्रियाअनुसार चल्ने स्पष्ट पारे। संविधान र लोकतान्त्रिक मूल्यको रक्षा गर्नु राजनीतिक दलको जिम्मेवारी भएको उनको भनाइ थियो।

उनले केही व्यक्तिहरूले विषम परिस्थितिको बहाना बनाएर पार्टी अनुशासन विपरीत विशेष महाधिवेशनको नाममा भेला गरेको आरोप लगाए। उक्त समूहले विधानविपरीत निर्वाचन आयोगसम्म पुगेको जानकारी पाएपछि पार्टीका वैधानिक धारणा र कानुनी पक्षबारे आयोगको ध्यानाकर्षण गराइएको खड्काले बताए।

खड्काका अनुसार नेपाली कांग्रेसको विधानले पार्टीको अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार केवल केन्द्रीय कार्यसमितिलाई मात्र दिएको छ। केन्द्रीय समितिको औपचारिक निर्णयबिना कुनै पनि विशेष महाधिवेशन मान्य नहुने उनले दोहोर्‍याए।

उनले विशेष महाधिवेशनको माग गर्दै आएको निवेदनबारे पनि स्पष्ट पार्दै नियमित महाधिवेशन गरियोस् वा आवश्यक परे विशेष महाधिवेशन गरियोस् भन्ने माग दर्ता भइसकेको जानकारी दिए। सोही आधारमा पार्टीले नियमित महाधिवेशनको प्रक्रिया अघि बढाएको भए पनि परिस्थितिअनुसार केही संशोधन गर्नुपर्ने अवस्था आएको खड्काको भनाइ छ।

साताकाे चर्चित
सम्बन्धित