गगन थापा समूहको निर्वाचन आयोगसँग छलफल
गगन थापा समूहको निर्वाचन आयोगसँग छलफल
    • बेल संचार

    • २ माघ २०८२, शुक्रबार

काठमाडौँ ।

गगन थापा नेतृत्वको नेपाली कांग्रेस समूहले निर्वाचन आयोगसँग छलफल गरेको छ। शुक्रबार आयोगको केन्द्रीय कार्यालय पुगेर थापा पक्षका नेताहरूले पार्टीको आधिकारिकतासम्बन्धी विषयमा संवाद गरेका हुन्।

थापा समूहले यसअघि बिहीबार केन्द्रीय कार्यसमिति अद्यावधिकका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेको छ। उनीहरूले आफूहरू नै नेपाली कांग्रेसको वैधानिक र आधिकारिक नेतृत्व भएको दाबी गर्दै आएका छन्।

यसैबीच, शुक्रबार बिहान कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको समूहले पनि आफूहरू नै आधिकारिक भएको दाबीसहित निर्वाचन आयोगमा निवेदन बुझाएको थियो।

निर्वाचन आयोगले भने संविधान, राजनीतिक दलसम्बन्धी ऐन, नेपाली कांग्रेसको विधान तथा आयोगका अघिल्ला नजिरका आधारमा निर्णय लिइने स्पष्ट पारेको छ।

यस विषयमा छलफल गर्न शेरबहादुर देउवा समूह पनि निर्वाचन आयोग जाने तयारीमा रहेको जनाइएको छ।

साताकाे चर्चित
सम्बन्धित