महाधिवेशन र उम्मेदवार छनोटमा एमालेको डेमोक्रेसीको दाबी
महाधिवेशन र उम्मेदवार छनोटमा एमालेको डेमोक्रेसीको दाबी
    • बेल संचार

    • २ माघ २०८२, शुक्रबार

काठमाडौँ ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू नेतृत्वको पार्टीमा प्रजातन्त्रको वास्तविक अभ्यास हुने दाबी गरेका छन्।

काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले पार्टीको केन्द्रीय कमिटी बैठक र महाधिवेशन प्रक्रियाको उदाहरण दिँदै अरु पार्टीसँग तुलना गरेका थिए।

‘हाम्रो पार्टी यति डेमोक्रेटिक छ कि केन्द्रीय कमिटीको बैठक डेढ महिनामा चल्दा पनि हामी तीन घण्टामा बैठक सम्पन्न गरी काममा लाग्छौं,’ उनले भने। ‘अरु पार्टीहरूमा महाधिवेशनको मिति तोक्न डेढ महिना लाग्छ, हामी भने झ्याप्प मिति तोक्छौं।’

ओलीका अनुसार पार्टीको महाधिवेशनमा इच्छुक सबैले स्वतन्त्र रूपमा उम्मेदवारी दर्ता गर्न पाएका छन्। ‘जसले उठ्न मन गरे, उठेको छ। भोट दिए जितेको, नदिए हार्यो, स्वाभाविक कुरा हो,’ उनले स्पष्ट पारे।

अध्यक्ष ओलीले एमालेको लोकतन्त्र अरु कुनै पार्टीसँग तुलना गर्नै नहुने किसिमको रहेको भन्दै, पार्टीभित्र लोकतन्त्रको पूर्ण अभ्यास भएको बताए।

साताकाे चर्चित
सम्बन्धित